News Portal

  • सनराइज बैंकको हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याक योजना

    आर्थीकसंसार संवाददाता२८ असोज, २०७७
    १०५० पटक
    २८ असोज, २०७७

    काठमाडौं । सनराइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।
    बैंकका ग्राहकहरूले सनराइन स्मार्ट एप प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट २ सय रूपैयाँ र हवाई टिकटमा प्रति टिकट ३ सय रूपैयाँका दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।
    कोभिड–१९ ले धेरै क्षेत्र र व्यक्तिहरूको आर्थिक अवस्थामा प्रभाव परिरहेको वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले चाडपर्वको अवसरमा ग्राहकहरूको खुशीमा अझै उत्साह उमंग थप्ने बैंकको विश्वास रहेको छ ।

    प्रतिकृया दिनुहोस्