News Portal

  • एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १७६७ पटक
    २७ असोज, २०७७

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी मृतकको परिवारलाई दाबी भुक्तानी गरेको हो । बीमित मृतक स्व. मानशेयरदेवी मण्डलको असार २७ गते डाक्नेश्वरी–७ मा दोहोरो झडपमा मृत्यु भएको थियो ।
    कम्पनीको राजविराज शाखाका शाखा प्रबन्धक विजयकुमार साहले मृतकको छोरा श्यामकुमार मण्डललाई ५ लाख ३६ हजार १ सय २० रुपैयाँ हस्तान्तरण गरेको हो । मृतक मण्डलले छ महिना पहिले कम्पनीमा बीमा गराएका थिए ।

    प्रतिकृया दिनुहोस्