काठमाडौं । एलआईसी नेपालले १ करोड रुपैयाँ बराबरको बीमा गराएको एक महिना अवधि नपुग्दै मृत्यु भएका एक बिमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको छ ।
एलआईसी नेपालमा बीमा गराएका सुवासचन्द्र गिरीको कोरोना भाइसर (कोभिड–१९) संक्रमणबाट निधन भएपछि दाबी भुक्तानी गरिएको कम्पनीले जानकारी दिएको छ ।
गिरी नवलपरासीका नेपाली काँग्रेसको जिल्ला सदस्यसमेत थिए । नवलपरासीमा ब्लक उद्योगका संचालन गिरी ३८ वर्षका थिए ।
गत साउन ४ गते एजेन्सी म्यानेजर प्रभा ज्ञवालीबाट गिरीको बीमा भएको थियो । एक करोड रुपैयाँ बराबरको बीमा गराएका गिरीको बीमा गरेको एक महिना नपुग्दै (२६ दिनमा नै) मृत्यु भएको थियो ।
बीमा गराउने बेला उनलाई कोरोना संक्रमण देखिएको थिएन । तर साउन अन्तिम सातामा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । गत भदौ १ गते गिरीको निधन भएको कम्पनीले जानकारी दिएको छ । ‘नेपाली कांग्रेस र एलआईसी नेपालको संयुक्त आयोजनामा एक कार्यक्रम गरेर मृतक गिरीको हकवालालाई दाबी भुक्तानीको चेक प्रदान गरियो, बीमाप्रतिको सकारात्मक धारणा बृद्धि हुने भएकाले र नेपाली काँग्रेसले पनि औपचारिक कार्यक्रम गरौं भन्ने आशय व्यक्त गरेकाले यसरी चेक हस्तान्तरण गरिएको हो,’ एलआईसी नेपालको एजेन्सी म्यानेजर ज्ञवालीले भनिन् ।
एलआईसी नेपालद्वारा १ करोड बीमा दाबी भुक्तानी गिरीको परिवारलाई प्रदान
आर्थीकसंसार संवाददाता२६ असोज, २०७७
२६ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने