News Portal

  • कोरोनाको आतंकले बैंक, बीमा कम्पनीका दर्जनौं शाखाहरु बन्द

    आर्थीकसंसार संवाददाता२७ असोज, २०७७
    १४७४ पटक
    २७ असोज, २०७७

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण राजधानी काठमाडौंमा रहेको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा आतंक नै मच्चिएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि विभिन्न बैंकका दर्जनौं शाखा कार्यालयहरु बन्द गरिएका छन् । त्यस्तै बीमा कम्पनीहरुको थुप्रै शाखा कार्यालयहरु बन्द गरिएका छन् ।
    राजधानी काठमाडौंमा कोरोना भाइरसको संत्रमण बढ्दैजाँदा बाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा कार्यालयहरु प्रभावित भएका छन् । ग्लोबल आईएमई, प्राइम, सेन्चुरी, सांग्रिला विकास बैंकका थुप्रै शाखा कार्यालय बन्द भएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त अनौपचारिक तथ्याङ्कअनुसार करिब पाँच हजार बैंकका कर्मचारीहरु कोरोना भाइरसको संक्रमणमा परेका छन् ।
    दशैंमा बैंकका शाखा कार्यालयहरुमा सर्वसाधारणको चाप बढ्दै गइरहेको छ भने कोरोनाको कारण बैंकका शाखा कार्यालयहरु भने घट्ने क्रममा रहेका छन् । शाखा कार्र्यालयहरु बन्द हुँदा सर्वसाधारण दैनिक घण्टौ लाइन बस्न बाध्य हुँदै आएका छन् । मंगलबारदेखि कतिपय एटिएम बुथहरुमा समेत लाइन देखिएको छ । यता, बीमा कम्पनीहरुमा पनि कोरोना भाइरसको प्रकोप बढिरहेको छ । केही सिईओसहित सयौं कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएको पाइएकोे छ । त्यस्तै, कोरोना संक्रमणपछि बन्द गरिएको बीमा समिति गत आइतबारदेखि खुल्ला गरिएको भए पनि आंशिक रुपमा मात्रै काम भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्