News Portal

  • सानिमा बैंकका ग्राहकले सस्तो डिलबाट सामान किन्दा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२६ असोज, २०७७
    २२६२ पटक
    २६ असोज, २०७७

    काठमाडौं । सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा विभिन्न छुट रहेको उक्त योजना सार्वजनिक गरेको हो ।
    अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सकिने छ ।
    योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फष्ट कम फष्ट सर्भ’को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ आश्विन देखि कात्तिक १ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस्