News Portal

  • प्रभु बैंकको श्रीनगर शाखा कार्यालय सञ्चालनमा

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
    १३०२ पटक
    २५ असोज, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकास्थित श्रीनगरमा आप्mनो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शारदा नगरपालिका–१ स्थित श्रीनगरमा आप्mनो २०९औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गर्नु भएको हो ।
    बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा बृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्नुका साथै बैंकलाई सफलताको शुभकामना व्यक्त गरेका छन् ।
    बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघसंस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको कुरा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्