काठमाडौं । कूल ३० लाख कित्ताको लागि आईपिओ निष्काशन गरेको सानिमा जनरल इनस्योरेन्स कम्पनीको आईपिओमा झण्डै नौ लाख जनाको आवेदन परेको छ ।
सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आठ लाख ८२ हजार ७०३ जनाले आवेदन दिएका छन् । कूल आवेदकको संख्या अझै थप हुनेछ । आश्वा सदस्यता प्राप्त बैंकबाट समेत शेयर आवेदन भर्न मिल्ने हुँदा अन्तिम तथ्याङ्क भोलिसम्म प्राप्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आज अपरान्ह पाँच बजेसम्म एक करोड ८९ लाख ७६ हजार ६० कित्ताको आवेदन पर्दा एक अर्ब ८९ करोड ७५ लाख छ हजार रुपैयाँको आवेदन परेको छ । कम्पनीले कूल ३० करोड रुपैयाँको आईपिओको लागि आवेदन खुल्ला गरेको थियो ।
एनआईसी एसिया क्यापिटलका अनुसार कम्पनीमा कार्यरत कर्मचारीको लागि चार प्रतिशत र म्युचुअल फण्डका लागि पाँच प्रतिशत छुट्टाएर बाँकी रहेको २७ लाख ७३ हजार कित्ता शेयर आवेदकहरुलाई वितरण हुने छ । न्युनतम १० कित्ताको दरले वितरण गर्दा दुई लाख ७३ हजार नलो मात्रै शेयर पाउने छन् भने बाँकी करिब साढे छ लाखभन्दा बढीको हात खाली हुनेछ ।
सानिमा इन्स्योरेन्सको आईपिओमा झण्डै नौ लाखको आवेदन
आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
२५ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने