News Portal

  • सानिमा रिलायन्सका अध्यक्ष केडियाले लिए शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता९ चैत, २०७९
    २०५ पटक
    ९ चैत, २०७९

    काठमाडौं । सानिमा रिलायन्स लाइफका अध्यक्ष तारा चन्द केडियाले शपथ ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ ग्रहण लिएका हुन् ।
    सानिमा लाइफ र रिलायन्स लाइफ आजदेखि मर्जर भएर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी भएको छ । मर्जर सँगै बनेको नयाँ कम्पनीका अध्यक्ष केडियाले शपथ ग्रहण लिएका हुन् । उनि साविक रिलायन्स लाइफका अध्यक्ष हुन् ।
    मर्जर सँगै साविक रिलायन्स लाइफको तर्फबाट घनश्याम थापा, सुवर्णदास श्रेष्ठ, केशव राज केसी सञ्चालक बनेका छन् । त्यस्तै साविक रिलायन्सबाट अध्यक्ष केडिया सहित, भरत कुमार तोडी, परिक्षित खेमका सञ्चालक समितिको सदश्य बनेका छन् ।

    प्रतिकृया दिनुहोस्