काठमाडौं । एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने भएको छ । जसको लागि एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागि द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रालिका तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् । उक्त साझेदारीको प्रावधानअनुरुप एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गर्दछ । दुवै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसँगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्नेछ ।
‘आ मोटर्स लगातार स्थिर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको छ र हामी विश्वस्त छौं कि कन्टिनेन्टल ट्रेडिंग इन्टरप्राइजेज प्रा.लि. जसले एकदशक भन्दा बढी समयदेखि आफ्नोे ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ, जससँगको यो सहकार्यले ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार गर्ने मद्दत गर्नेछ’ बैंकले जनाएको छ ।
एनएमबी बैंक र किया अटोमोबाइलका बीच सम्झौता
आर्थीकसंसार संवाददाता२५ असोज, २०७७
२५ असोज, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता