News Portal

  • पर्यटनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण

    आर्थीकसंसार संवाददाता२४ असोज, २०७७
    ११२८ पटक
    २४ असोज, २०७७

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
    मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
    उनले भनेका छन्, ‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो, त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ, हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महसुस भयो, आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु । हालसम्म पनि हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिनयता मसँग सम्ंपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु भनि मन्त्री भट्टराईले अनुरोध गरेका छन् ।’

    प्रतिकृया दिनुहोस्