काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । डा. कार्कीलाई मन्त्रीपरिषद्को पछिल्लो बैठकले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
डा. कार्की कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कृषि प्रसार समाजका उपाध्यक्ष समेत हुन् । यसअघि कार्की बागमति प्रदेशको भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव रहिसकेका छन् ।
डा. कार्कीले बागमति प्रदेशको भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव हुँदा कृषि क्षेत्रको विकासका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाएर कृषकको लागि महत्वपूर्ण काम गरेका थिए ।
वास्तविक कृषकले सरकारबाट पाउने अनुदान नपाउने र कागजमा मात्रै देखाएर अग्रेजीमा प्रस्ताव तयार गरी गैरकृषकले अनुदान लिएको भन्ने गुनासो व्यापक बढिरहेका बेला डा. कार्कीकै पहलमा वागमती प्रदेशमा प्रपोजल लेखेर अनुदान पाउने युग यही वर्षबाट अन्त्य भएको छ । अनुदान प्रणाली भन्दा पनि बैंकिङ प्रणालीबाट सहज र सहुलियत रुपमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्की नियुक्त
आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
२२ असोज, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान