News Portal

  • मेट्रो सुपर मार्केटमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १०% अतिरिक्त छुट

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०७९
    २३१ पटक
    २८ फागुन, २०७९

    काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको सु–अबसरमा मेट्रो सुपर मार्केटसंग सहकार्य गरि सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्बजनिक गरेको छ ।
    यस छुट अपÞmर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरि स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रू. १०० प्रति कारोबार र अफर अबधि भर रू. ३०० सम्म छुट लिन सक्ने छन् ।
    स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
    यस अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (HI-MB), नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्