
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषका बीचमा सम्झौता भएको छ । बैंक र कोषबीच बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिई डिजिटल प्रविधिको उच्चतम प्रयोगमा जोड दिन सम्झौता भएको ह ो ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् ।
नागरिक लगानी कोषको रकम संकलन तथा ट्रान्सफर कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले सो सम्झौता भएको बैंकले जनाएको छ ।
कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरुको योगदान रकम संकलन गर्नका लागि यसअघि देखि कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएस ९कम्पयुटराइजड गभरमेन्ट अकाउन्टिङ सिस्टम० प्रणालीबाट सहभागीहरुको कट्टी रकम पठाउँदै आएको कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु समेत संचालनमा रहेका छन ।