News Portal

  • एनआइसी एशियाको ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक

    आर्थिकसंसार संवाददाता२२ साउन, २०७७
    ७४३ पटक
    २२ साउन, २०७७

    काठमाडौं । एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे जाँच गर्न बैंकले ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । देशको बैङ्किङ इतिहासमै पहिलोपटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाहरूको विस्तृत विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनेफिट क्याल्कुलेटर’बाट हेर्न सकिने व्यवस्था गरेको छ ।
    सेवाग्राहीहरूले यस बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मा गएर ‘लोन बेनेफिट क्याल्कुलेटर’ ९यिबल दभलभाष्त अबअिगबितयच० मा गई वर्तमान अवस्थामा आफुले उपभोग गर्दै आएको कर्जाको तुलना यस बैंकले ल्याएको सुपर चमत्कारिक कर्जाहरूसँग सजिलै गर्न सकिने बैंकले जनाएको छ ।
    उक्त क्याल्कुलेटरमा चाहिने विवरणहरू जस्तै अहिले उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि भरेपश्चात् सेवाग्राहीहरूले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरण थाहा पाउन सकिन्छ ।
    सहज तथा सरल बैङ्किङको अभ्यासमा जोड दिँदै आएको यस बैंकको वेबसाइटमार्फत सेवाग्राहीहरू आफुले प्राप्त गर्न सक्ने कर्जा योग्यता जाँच्न तथा योग्य ठहरिए बमोजिम यस बैंकको वेबसाइटबाटै कर्जाको आवेदन दिन सक्ने सुविधाको व्यवस्था समेत बैंकले गरेको छ ।
    यसमा ग्राहकहरूले जुनसुकै स्थानबाट जुनसुकै समयमा पनि अनलाइनमार्फत कर्जा आवेदन दिन सक्ने सुविधा रहेको छ । सेवाग्राहीहरूले आवेदन दिएको ४८ घण्टाभित्र कर्जाको निर्णय दिने व्यवस्था बैंकले गरेको छ । साथै, आवेदकको कर्जा स्वीकृतिको अवस्था बारेमा यस बैंकले एसएमएसमार्फत जानकारी गराउनेछ र ग्राहकहरूले यस बैंकको वेबसाइटमा गई लोन स्टेटस समेत आफै ट्र्याक गर्न सकिन्छ ।
    बैंकले उक्त तीन किसिमकै कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र सुपर चमत्कारिक घर तथा सवारी कर्जाको पूर्वस्वीकृतिको सुविधा समेत ग्राहकमाझ ल्याएको छ । उत्तरदायी बैङ्किङको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकतालाई पहिचान गरी यस बैंकले सुपर चमत्कारिक घर कर्जाअन्तर्गत फ्लेक्जिवल इएमआईमार्फत आर्थिक क्षमता अनुसारको आफूले तिर्नसक्ने इउमआई वार्षिक रुपमा आफैंले निर्धारण गरेर भुक्तानी गर्न सक्ने नवीनतम सुविधा ल्याएको छ ।
    सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जाहरूबारे ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गरी थप जानकारी प्राप्त गर्न सकिन्छ ।
    ग्राहकहरूको कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ ।

    प्रतिकृया दिनुहोस्