News Portal

  • सानिमा इन्स्योरेन्सको आईपिओमा साढे सात लाखको आवेदन

    आर्थीकसंसार संवाददाता२३ असोज, २०७७
    १५५० पटक
    २३ असोज, २०७७

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको आईपिओ खुलेको तीन दिनमा झण्डै साढे सात लाखको आवेदन परेको छ । आज अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्कअनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएका छन् ।
    कूल आवेदन दिएका मध्ये ६ लाख १५ जनाको आवेदन भेरिफाई समेत भइसकेको एनआईसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार १३ हजार जनाको आवेदन रद्द गरिएको छ ।
    सानिमा इन्स्योरेन्स कम्पनीले कूल ३० लाख कित्ताको लागि यही असाज २१ गतेबाट आवेदन खुल्ला गरेको थियो । सो आईपीओमा यही असोज २५ गते अपरान्ह १७ः०० बजेसम्म आवेदन खुल्ला गरिएको छ । आवेदन दिएका मध्ये दुई लाख ७३ हजार जनाले मात्रै गोलाप्रथाद्वारा १० कित्ताको दरले सानिमा जनरल इन्स्योरेन्सको शेयर पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्