आर्थीकसंसार संवाददाता२१ फागुन, २०७९

काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो ।
ऋणी सन्देश डि.सि ढुङ्गेलले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
ऋणी सन्देश डि.सि ढुङ्गेलले ऋण लिएवापत धितोमा राखेको बा १५ च ४५१७ नम्बरको महिन्द्रा स्कारपियो सवारी बिक्रीमा राखिएको हो ।