News Portal

  • ग्लोबल आईएमई होली योजना : डिजिटल कारोबार गर्दा १५० रुपैयाँसम्म क्यासब्याक

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०७९
    ३५१ पटक
    २१ फागुन, २०७९

    काठमाडाैं । ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक पाइनेछ ।
    यस योजनाअन्तर्गत यस वर्षकाे होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्यूआर कोडमार्फत ग्राहकहरुले ‘जीआईबीएल– आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत (१५० रपैयाँसम्म) क्यासब्याक पाउनेछन् ।
    ग्लोबल आइएमई बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्