News Portal

  • माछापुच्छ्रे बैंकले फोर्स मोटर्सको गाडी किन्न फाइनान्स सुविधा दिने

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १४०२ पटक
    २२ असोज, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकले फोर्स मोटर्सको गाडी किन्न ७५ प्रतिशतसम्म फाइनान्स सुविधा दिने भएको छ । जसको लागि फोर्स मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि र माछापुच्छ्रे बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
    एक कार्यक्रमबीच सम्झौतापत्रमा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुवबहादुर थापा र माछापुच्छ्रे बैंकका गण्डकी प्रदेश प्रमुख दीनेश दवाडीले हस्ताक्षरण गरेका छन् । आयामले विगत ६ वर्षदेखि नेपालमा फोर्स मोटर्सका गाडीहरु बिक्री वितरण गरिरहेको छ । काठमाडौं, हेटौंडा, पोखरा र इटहरिमा आयामको आफ्नै शोरुम छन् भने नेपालका विभिन्न शहरमा डिलर नेटवर्क विस्तार गरी फोर्सका गाडी बिक्री वितरण भइरहेको र बैंकसँगको सम्झौताले ग्राहकलाई थप सुविधा उपलब्ध हुने हिमालय अर्गनाइजेसन र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुव थापाले बताए ।
    फोर्स मोटर्सका गाडी खरिद गर्ने ग्राहकलाई बैंकले देशभरका शाखाबाट सहज रुपमा ७५ प्रतिशतसम्म फाइनान्स सुविधा उपलब्ध गराउने बैंकका प्रदेश प्रमुख दिनेश दवाडीले बताए । हिमालय अर्गनाइजेसन पोखराको प्रतिष्ठित व्यावसायिक घराना भएकाले अन्य व्यावसायिक क्षेत्रमा पनि सहकार्य गर्न सकिने शाखा प्रवन्धक प्रदीप श्रेष्ठले बताए । धेरै सिट क्षमता, इन्जिनको वारेन्टी ३ वर्ष वा ३ लाख किमी, मर्सिडिज इन्जिनको लाइसेन्स प्राप्तलगायतका विशेषताले फोर्स मोटर्सप्रति ग्राहकको आकर्षण बढेको निर्देशक निरन केसीले बताए ।

    प्रतिकृया दिनुहोस्