News Portal

  • एभरेष्ट बैंकले स्थापना गर्यो २५ लाखको छात्रवृत्ति अक्षय कोष

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०७९
    ४१८ पटक
    २१ फागुन, २०७९

    काठमाडौं । एभरेष्ट बैंकले २५ लाखको नेपाल प्रहरीले ‘एभरेष्ट बैंक अक्षय कोष’ को स्थापना गर्नेभएको छ ।
    बैंकले नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।
    यसको लागि बैंकले नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका छन् ।
    बैंकले १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एटिएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ ।
    यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्