News Portal

  • एनआइसी बैंकले भाखा नाघेका कर्जाको ब्याजदर घटायो

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १२३९ पटक
    २२ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको ब्याजदर घटाएको छ । बैंकले कोरोनाबाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न समयअनुरूप विभिन्न ग्राहकमैत्री सहुलियतका योजनाहरू ल्याइरहेको अवस्थामा श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८ दशमलव ९९ प्रतिशत ब्याजदर कायम गरिने जनाएको छ ।
    यस योजनामा सहभागी हुन अब ९ दिन मात्र बाँकी रहेको हुँदा समयमै मौकाको फाइदा उठाउन बैंकले सम्पूर्ण योग्य ऋणीहरूमा हार्दिक आह्वान गरेको छ ।
    बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्