काठमाडौं । कुमारी बैंक लिमिटेडले आज फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक तर्फको शेयर विक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता २१९ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनीसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न मिल्ने गरी शेयर विक्रीमा ल्याएको जनाएको छ ।
ईच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन ३० गते अपरान्ह ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । साथै बोलपत्र विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको नागपोखरी नक्साल, काठमाडौंस्थित कार्यालयमा पेश गर्नुपर्ने छ
बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।
शिलबन्दी खाम बाहिर आवेदनकर्ताले कुमारी बैंक लिमिटेडको संस्थापक शेयर खरीद आवेदनसमेत उल्लेख गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त भएको बोलपत्र चैत १ गते विक्री प्रबन्धकको कार्यालयमा विहान १० बजे खोलिने समेत बैंकले जनाएको छ ।
कुमारी बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने
आर्थीकसंसार संवाददाता१६ फागुन, २०७९
१६ फागुन, २०७९- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता