News Portal

  • आईसीएफसी फाइनान्सको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता२५ मंसिर, २०८१
    ३५७ पटक
    २५ मंसिर, २०८१

    काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय हो। जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको ५.२६३२ प्रतिशतले हुन आउने ६ करोड २२ लाख ८७ हजार ९४५.२६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्