News Portal

  • एनआईसी बैंकद्वारा दुर्घटना बीमा वापतका रकम हस्तान्तरण

    आर्थीकसंसार संवाददाता२२ असोज, २०७७
    १३७६ पटक
    २२ असोज, २०७७

    काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको बीमा दाबी भुक्तानी गरेको छ । बैंकले न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुर्घटना बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।
    बैंकको गोपीगन्ज शाखा कार्यालयमा न्यू सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका नवलपरासी (पश्चिम) जिल्लास्थित प्रतापपुर निवासी राजकुमार शर्माको दुर्घटनापश्चात् मृत्युपछि बैंकले उनको परिवारलाई उक्त बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । बैंकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरेको हो ।
    यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख रुपैयाँ, अस्पताल भर्नामा ८० हजार रुपैयाँ र बहिरंग उपचारमा २० हजार रुपैयाँसँगै विभिन्न निःशुल्क सुविधाहरूसमेत ग्राहकले पाउन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्