News Portal

  • टेरापे र जिएमइ रेमिटबिच रेमिट्यान्ससम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२१ असोज, २०७७
    १०६९ पटक
    २१ असोज, २०७७

    काठमाडौं । डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिटबीच रेमिटान्ससम्बन्धी सम्झौता भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ ।
    सो सम्झौतापत्रमा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र टेरापेको तर्फबाट निर्देशक दिल्शाद राजबलीले हस्ताक्षर गरेका छन् । सम्झैतापश्चात् नेपालमा जिएमइ रेमिटसँग आवद्ध सबै बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै रकम भुक्तानी लिन मिल्ने गरी खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्