News Portal

  • ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता२१ असोज २०७७
    ७६४ पटक
    २१ असोज २०७७

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । असोज २० गते मंगलबार दुई संस्थाबीच प्राप्ती सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको संस्थाले जनाएको छ । उक्त संस्था प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने व्यवसाय कारोबार बृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथै थप पुँजीकोष बृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने ग्लोबल आइएमई लघुवित्तले जनाएको छ ।
    ग्लोबल आइएमई लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेसँगै स्पर्श लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का भएको छ ।

    प्रतिकृया दिनुहोस्