News Portal

  • सांग्रिला बैंकले सिजि मोटो कर्पबाट गाडी किन्दा सहुलियत कर्जा दिने

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    १७२५ पटक
    २० असोज, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
    बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका छन् ।
    सांग्रिला बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सुजुकी ब्राण्डको गाडीको आधिकारीक विक्रेता सिजि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्