News Portal

  • सनराइज बैंक र अशोक लेलेण्डबीच कर्जासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    १५०८ पटक
    २० असोज, २०७७

    काठमाडौं । सनराइज बैंकले अशोक लेलेण्डको सावारी खरिद गर्दा खरिद मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंक र आईएमई मोटर्सबीच मंगलबार कर्जा उपलब्ध गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
    सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरे ।
    कर्जा मासिक किस्ताको आधारमा ७ वर्षअवधिमा भुक्तानी गरिसक्नुु पर्ने बैंकले जनाएको छ । बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्