News Portal

  • नेपाल बैंकको विशेष साधारणसभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    १४६५ पटक
    २० असोज, २०७७

    काठमाडौं । नेपाल बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंबाट र भिडियो कन्फ्रेन्सर वेविनारमार्फत आयोजना गरी बैंकको विशेष साधारणसभा सम्पन्न गरिएको हो ।
    उक्त सभामा प्रस्तुत भएको संचालक समितिमा संचालकको प्रतिनिधित्वसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ (चार) जना सञ्चालकबाट घटाई ३ (तीन) र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ (दुई) जना सञ्चालकबाट बृद्धि गरी ३ (तीन) कायम गर्न नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल अद्यावधिक गर्न प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन–थपघट गर्ने प्रस्ताव सभाबाट पारित गरेको छ ।
    साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्