News Portal

  • लाभांश र मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले डाके साधारण सभा

    आर्थीकसंसार संवाददाता१९ माघ, २०७९
    २६३ पटक
    १९ माघ, २०७९

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् ।
    लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिक डिल्लीबजार काठमाडौंमा र सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा लैनचौ ब्याङ्क्वेटमा हुने ।
    दुवै कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव र मर्जर प्रस्ताव पारित गर्नेछन् ।
    यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।
    यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
    यस्तै, दुवै संस्थाबीच हुने मर्जर प्रस्तावलाई सभाले पारित गर्नेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १००ः८० स्वाप रेसियोमा मर्ज हुनेछन् ।
    सभाले  संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछन् ।
    दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले माघ २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी र लाभांश प्राप्त गर्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्