News Portal

  • सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः गणेशराज नियुक्त

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७९,
    ४४६ पटक
    १८ माघ, २०७९,

    काठमाडौं । सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । पोखरेललाई आगामी ४ बर्षको लागि पुन दोस्रो पटक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेका हुन् । “भित्र सिस्टम, बाहिर इमेज” को मूल उद्देश्य सहित पोखरेलले दोस्रो कार्य आरम्भ गरेका छन् ।
    पोखरेलले स्थापना काल देखिनै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ साल देखिनै दोस्रो वरियतामा रहि बैंकमा कार्य सम्पादन गर्दै आएका हुन्।
    पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दैे प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएका छन् । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।
    बैंकले उनको पहिलो ४ बर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४ प्रतिशत वृद्धि गरि हाल १६१.४५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२ प्रतिशत वृृद्धि गरि हाल १४२.५४ अर्ब रुपैयाँ र चुक्ता पूँजी १४.२० अर्ब रुपैयाँ पुगेकोे छ ।
    त्यसैगरी खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१ प्रतिशत वृद्धि भई आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब रुपैयाँ पुगेको छ । सोहि अबधिमा बैंकको पुँजि कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ मिशन विकास बैंकलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ एटीएम, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

    प्रतिकृया दिनुहोस्