News Portal

  • प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा कलाकार खड्का र गुरुङ नियुक्त

    आर्थीकसंसार संवाददाता२० असोज, २०७७
    २४२० पटक
    २० असोज, २०७७

    काठमाडौं । नेपाली सिनेमा क्षेत्रका ख्याति प्राप्त कलाकार अभिनेता प्रदीप खड्का र अभिनेतृ कृष्टिना गुरुङ्गलाई प्रभु बैंकले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङ्गलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्नेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
    सो हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङ्ग अभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो । नेपाली सिनेमा जगतका ख्याति प्राप्त कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङ्ग प्रभु बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा बृद्धि हुने प्रभु बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्