News Portal

  • बैंक अफ काठमाण्डूले शेयरधनीलाई लाभांश दिने

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १४४५ पटक
    १९ असोज, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
    बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई लाभांश वितरण गरिने बैंकले जानकारी दिएको हो ।

    प्रतिकृया दिनुहोस्