News Portal

  • सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १७८४ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सिद्धार्थ बैंकले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई दुई लाख उनासी हजार पचाँस रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरको अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
    बैंकबाट प्राप्त उक्त रकम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले उल्लेखित आवश्यक परेका २० महिला विद्यार्थीहरूको शिक्षाका निम्ति प्रयोग गर्ने जनाएको छ । देशका विभिन्न जिल्लामा महिला बेचबिखन निवारण, महिला हिंसा अन्त्य, महिलाहरूको स्वास्थ्य सुधार र महिला शिक्षाका लागि कार्यरत हुँदै आइरहेको ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई बैंकले पुर्याएको सहयोगबाट महिला विद्यार्थीहरूको शिक्षामा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ ।
    बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्