News Portal

  • सांग्रिला बैंकका ग्राहकलाई हुन्डाईको गाडी खरिद गर्दा सहुलियत कर्जा सुविधा

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १५६८ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौताअनुसार सांग्रिला बैंकका ग्राहकहरुले न ब्राण्डको गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्