News Portal

  • सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक

    आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
    १६४७ पटक
    १९ असोज, २०७७

    काठमाडौं । सानिमा बैंकले दशैंंको अवसरमा ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग पोर्टल दराजसँगको सहकार्यमा बैंकले डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो योजना सार्वजनिक गरेको हो ।
    यस योजनाअन्तर्गत सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०५ वा अधिकतम २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
    यस योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिने छ । यो योजना यही १९ आश्विनदेखि कात्तिक २ गतेसम्म, दुई साताका लागि लागु हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्