काठमाडौं । कुमारी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सेतीखोला हाइड्रोमा ३ अर्ब २५ करोड कर्जा लगानी गर्ने सम्झौता भएको छ । सेती खोला हाइड्रोपावर प्रालिले कास्की जिल्लाको पोखरा महानगरपालिकामा निर्माण गर्न लागेको २२ मेगावाट विद्युत उत्पादन क्षमता रहेको सेती खोला हाइड्रोपावर परियोजनामा यी दुई बैंकबीच कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको हो । उक्त सम्झौताअनुसार कुमारी बैंकबाट २ अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट १ अर्ब २५ करोड गरी जम्मा ३ अर्ब २५ करोड रुपियाँ बराबरको कर्जा सीमा स्वीकृत भएको छ ।
कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा कुमारी बैंकको तर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे र परियोजनाको तर्फबाट अनुप आचार्यलगायतको उपस्थिति रहेको थियो ।
कुमारी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा सेतीखोला हाइड्रोमा कर्जा लगानी
आर्थीकसंसार संवाददाता१९ असोज, २०७७
१९ असोज, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार