News Portal

  • बीमा समितिका ६ जनामा कोरोना देखिएपछि सिल गरिने

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७७
    २३०३ पटक
    १८ असोज, २०७७

    काठमाडौं । बीमा समितिका ६ जना कर्मचारीमा कोरोना पोजेटीभ देखिएपछि बीमा समितिको कार्यालय नै सिल गरिने भएको छ । समितिका अनुसार कार्यालयमा आएर दैनिक काम गर्ने ६ जनामा कोरोना देखिएपछि भोलि अर्थात सोमबारदेखि समितिको कार्यालय नै सिल गरिने भएको हो । कार्यालय एक साताका लागि सिल हुने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिको कार्यालय सिल हुने भएपनि सेवाग्राहीलाई दिइने सेवा भने यथावथ रहेको बताइएको छ । अब बीमा समितिका कर्मचारीहरुले भोलिबाट वर्क फ्रम होम अर्थात घरबाटै काम गर्नुपर्ने भएको छ ।
    बीमा समितिको भौतिक संरचना साँघुरो भएका कारण समिति सिल गर्न बाध्य भएको बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए ।
    ‘हाम्रो भौतिक संरचना साघुँरो छ, कार्यालयमा नै कोभिड देखिएको अवस्थामा काम गर्न सहज भएन, एक हप्ता हामीले कार्यालय बन्द गर्ने निर्णय गरेका छौं, अब एक हप्तापछि अवस्था हेरेर पुनः कार्यालयबाटै कर्मचारीहरुले काम गर्नु हुनेछ’, उनले भने ।
    बीमा समितिमा विभिन्न सामाग्रीहरु प्रयोग गर्दा एकअर्कामा कोभिड–१९ सर्न सक्ने सम्भावना अत्याधिक रहेकाले कार्यालय सिल गरेर घरबाटै काम गर्नु वाहेकको विकल्प नरहेको समितिले बताएको छ ।

    प्रतिकृया दिनुहोस्