News Portal

  • प्रभु बैंकका ग्राहकले खल्तीमा सिधै रकम लोड गर्न सक्ने

    आर्थीकसंसार संवाददाता१८ असोज, २०७७
    ८८० पटक
    १८ असोज, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ ।
    प्रभु बैंकका प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    यस साझेदारीअनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन् । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग पुर्याउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेका छन् ।
    प्रभु बैंक र खल्ती डिजिटल वालेटबीच भएको सम्झौताअनुसार बैंकले स्प्यारो पेलाई भर्चुअल मेसिन उपलब्ध गराउने छ । जसबाट बैंकको अनलाइन वा अफलाइन बैंकिङ्ग माध्यमबाट खल्तीमा रकम लोड गर्न सकिने छ । स्प्यारोलले बैंकका विभिन्न माध्यमहरू बैंक खाता लिङ्क गर्ने, ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, बैंक स्मार्ट, बैंकिङ्ग चेकआउट आदानप्रदानका लागि लोड खल्ती सेवा उपलब्ध गराउने छ ।

    प्रतिकृया दिनुहोस्