News Portal

  • पछिल्लो २४ घण्टामा देशभर २२५३ जना संक्रमित थपिए

    आर्थिकसंसार संवाददाता१८ असोज, २०७७ आइतबार
    ८०८ पटक
    १८ असोज, २०७७ आइतबार

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
    उनले दिएको जानकारी अनुसार देशभर सक्रिय संक्रमित २२ हजार २ सय १९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ ।
    यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।
    उपत्यकामा थप १ हजार ५ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा डा.गौतमले यस्तो जानकारी दिएका हुन् । काठमाडौंका १ हजार ३ सय ७३, ललितपुरका १ सय ८७, तथा भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रतिकृया दिनुहोस्