News Portal

  • घट्यो इन्धनको मूल्य, डिजेल, पेट्रोल र हवाई इन्धनमा कति कति ?

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ३७९ पटक
    २४ पुस, २०७९

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल र पेट्रोलको मूल्य ३/३ रुपैयाँले घटाएको छ ।
    अब पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १७२ रुपैयाँ हुनेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिक तर्फ प्रति लिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ भने अन्तराष्ट्रिय तर्फ १.६५४ डलरबाट १.४२० डलर कायम गरेको छ ।
    नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेशनलाई १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्