News Portal

  • गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम शुक्रबार सार्वजनिक हुने

    आर्थीकसंसार संवाददाता२१ पुस, २०७९
    ३०८ पटक
    २१ पुस, २०७९

    काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्युनतम साझा कार्यक्रम शुक्रबार सार्वजनिक हुने भएको छ । न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने जनाएको हो ।
    बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए ।
    उनले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए । उनका अनुसार सो ड्राफ्टको दफावार छलफल गरी शुक्रवार (भोलि) सम्ममा सबै काम सकिनेछ ।

     

    प्रतिकृया दिनुहोस्