News Portal

  • चालु पूँजी कर्जा मार्गदर्शन संशोधन, यस्तो छ पुर्णपाठ

    आर्थीकसंसार संवाददाता२० पुस, २०७९
    २९३ पटक
    २० पुस, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बै‌कले गत कार्तिक १ गतेबाट लागू गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । राष्ट्र बैंकले आज बुधबार पत्रकार सम्मेलन गरी चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
    गत कार्तिक १ गतेभन्दा अगाडि प्रवाह भएको चालु पूँजी कर्जा नविकरण गर्दा सीमा भन्दा बढी भएको अवस्थामा २०८२ असार मसान्तसम्ममा ५ वटा किस्तामा चुक्ता गर्नुपर्ने जनाएको छ । पहिलो किस्तामा १० प्रतिशत, दोस्रो, तेस्रो, चौथोमा २०/२० प्रतिशत र अन्तिम किस्ता ३० प्रतिशत गरेर सो कर्जा चुक्ता गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरेको छ ।
    यसअघि ५० लाखसम्मको चालु पूँजी कर्जा यो मापदण्ड भित्र समेटिएकोमा अब १ करोडसम्मको कर्जा चालु पुँजी कर्जा मार्गदर्शनको परिधिभित्र रहेर बैंक तथा वित्तीय संस्थाले प्रदान गर्न सक्नेछन् ।
    २ करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा भने अनुमानित वार्षिक कारोबारसम्म मात्र चालु पुँजी कर्जा दिन पाइनेछ । बैंक तथा वित्तीय संस्थाले प्रत्येक त्रैमासिकमा एकपटक चालु सम्पत्ति र दायित्वको अनिवार्य निरीक्षण गरी सो प्रतिशत कर्जा अद्यावधिक गर्नुपर्ने र वर्षमा एकपटक आकस्मिक निरीक्षण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्