News Portal

  • एनसेललाई आईपीओको बाटो खुल्ला

    आर्थिकसंसार संवाददाता२१ साउन, २०७७
    ५६२ पटक
    २१ साउन, २०७७

    काठमाडौं । एनसेल प्राइभेट लिमिटेड अब पब्लिक कम्पनी भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको हो ।
    कम्पनी रजिष्ट्रारको निर्णयसँगै प्राइभेट लिमिटेड रहेको कम्पनीको नाम अब एनसेल आजियटा लिमिटेड रहेको छ । कम्पनी ऐन २०६३ को दफा १३ ९१० बमोजिम प्राइभेट लिमिटेड कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण हुने व्यवस्था छ ।
    चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ । एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।

    प्रतिकृया दिनुहोस्