News Portal

  • बैंक अफ काठमाण्डूद्वारा ग्रिन पिन सुविधा

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १२६३ पटक
    १६ असोज, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले ग्रिन पिन सुविधा ल्याएको छ । बैंकले आफ्नो कार्ड बाहक ग्राहकलाई सहज रुपमा बैंकको कुनै पनि एटिएमबाट आफ्नो कार्डको पिन सुरक्षित तरिकाले सेट तथा रिसेट गर्नका लागि उक्त सुविधा ल्याएको हो ।
    यस सुविधाबाट बैंकको नयाँ ग्राहकले आफ्नो कार्डको पिन कोड सेट गर्न तथा पुराना कार्डबाहक ग्राहकले आफ्नो कार्डको पिन रिसेट गर्न सक्नेछन् । नयाँ कार्डबाहक ग्राहकले कार्ड बैंकबाट संकलन गरेपश्चात एटिएम गई सहज रुपमा कार्ड एटिएममा राखेर ‘इन्टर योर ओटीपी’ मेनु छानी आफैंले पिन सेट तथा रिसेट गर्न सक्नेछन् ।
    यसपश्चात कार्ड बाहकले बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा ६ अंक ओटीपी प्राप्त गर्नेछन् । उक्त मोबाईल नम्बरमा प्राप्त ६ अंकको ओटीपी प्रयोग गरेर आफ्नो कार्डको पिन सजिलै परिवर्तन गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्