News Portal

  • लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८८ प्रतिशत हकप्रद सेयर जारी गर्ने, डाक्यो विशेष साधारण सभा

    आर्थीकसंसार संवाददाता१७ पुस, २०७९
    ४३६ पटक
    १७ पुस, २०७९

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८८.४५१६८ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको एक बराबर ०.८८ को अनुपातले हुन आउने सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
    उक्त प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिनु पर्ने हुन्छ । प्राधिकरणको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले पारित गर्नुपर्छ ।
    हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ छ । प्रस्तावित हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजी हो ।

    उक्त विशेष प्रस्ताव गर्न कम्पनीले विशेष साधारण सभा समेत बोलाइसकेको छ । इन्स्योरेन्सले आगामी माघ ३ गते बिहान ११ बजे काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा उक्त सभा डाकेको हो ।

    प्रतिकृया दिनुहोस्