News Portal

  • सिभिल बैंकको संस्थापक शेयर बिक्री खुला

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १११२ पटक
    १६ असोज, २०७७

    काठमाडौं । सिभिल बैंक लिमिटेडले लिलामीमार्फत बिक्री गर्न लागेको संस्थापक समूहको शेयर खुल्ला भएको छ । बैंकले ८ लाख ६७ हजार ६ सय ४ कित्ता शेयर लिलाम बढाबढमार्फत बिक्री खुला गरेको हो ।
    उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आजबाट असोज ३० गतेभित्र बोलपत्र पेश गर्नुपर्ने बैंकले जनाएको छ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
    आवेदकहरूले न्युनतम १० हजार कित्ताका लागि लागि आवेदन दिन सक्नेछन् । अधिकतम कित्ताका लागि भने कुनै हद तोकिएको छैन । कम्पनीको शयरमा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको छ ।

    प्रतिकृया दिनुहोस्