News Portal

  • उपत्यकामा थपिए १ हजार ६ सय ३८ जना कोरोना संक्रमित पुष्टि

    काठमाडौंमा संक्रमण तीव्र गतिमा फैलिँदै

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १०७० पटक
    १६ असोज, २०७७

    काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा सर्वाधिक १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२, र भक्तपुरमा १ सय ९६ गरी कुल १ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    आज १४ हजार ७ सय ३९ जनाको पीसीआर भएकोमा देशभर थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।
    बितेको २४ घण्टामा थप ३ हजार ३ सय ७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६ सय ९६ पुगेको गौतमले बताए । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।
    आज देशभर ९ हजार ४ सय ७४ संस्थागत आइसोलेशन र ११ हजार ७ सय ६० जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।
    देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५ सय २० पुगेको मन्त्रालयले जनाएको छ ।
    हाल मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । मनाङ, मुस्ताङ र डोल्पा जिल्ला संक्रमणमुक्त रहेका छन् ।

    प्रतिकृया दिनुहोस्