काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ७ औंैं स्थगित साधारणसभा हुने भएको छ । बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले साभा भदौ १३ गते बिहान ११ बजे केन्द्रीय कार्यालय रहेको स्थान मकवानपुर चित्लाङ थाहा नपा–९ मा हुने बताइएको छ । यसअघि कम्पनीले चैत २२ गतेको लागि साधारणसभा आयोजना गरेको थियो । उक्त सभा कोरोना भाइरसका कारण स्थगित भएको थियो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन १ गते बन्द भइसकेको छ । २०७६ चैत ३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् । सभाले १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै यस लघुवित्त वित्तीय संस्थामा अरु लघुवित्त वित्तीय संस्था गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसारको मर्जर र प्राप्ति समिति गठन गर्ने, उपयुक्त संस्थासँग समझदारी पत्र गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने रहेको छ ।
सहयात्रा लघुवित्तको साधारणसभा भदौमा
आर्थिकसंसार संवाददातासाउन २०, २०७७
साउन २०, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने