News Portal

  • प्रभु बैंकको बागलुङको बाढीपहिरोलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता१५ असोज, २०७७
    १९०२ पटक
    १५ असोज, २०७७

    काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त स्थानमा आर्थिक सहयोग गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी ५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
    असोज १५ गतेका दिन बागलुङ जिल्लाको बाढीपहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकाको–७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ र भौतिक योजना मन्त्री राम शरण बस्नेतले निरीक्षण गरी बाढी प्रभावित बोबाङ वडाअन्तर्गतका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरेका छन् । स्थानीयहरुको समस्या बुझी शीघ्र उक्त ठाउँहरुमा केन्द्रीय विद्युत प्रसारण लाईनको सेवा पुर्याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट विशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी गराइएको थियो ।
    करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्