News Portal

  • माछापुच्छ्रे बैंकको कात्तिक ६ गते वार्षिक साधारणसभा हुने

    आर्थिकसंसार संवाददाता१५ असोज, २०७७
    १२३८ पटक
    १५ असोज, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते वार्षिक साधारणसभा हुने भएको छ । बैंकले प्रस्तावित १०.३७ प्रतिशत लाभांश पारित गर्न सो दिन २२औं वार्षिक साधारण सभा बोलाएको हो ।
    उक्त सभा सो दिन बिहान ११ बजे पोखराको होटल पोखरा ग्राण्डमा बस्दै छ । कोभिड–१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत सहभागी हुन सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने जानकारी गराएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.०३ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । त्यस्तै, सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ ।
    साथै, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्न/गाभिन वा प्राप्ती गर्नेसम्बन्धी आवश्यक सबै काम अगाडि बढाउन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

     

    प्रतिकृया दिनुहोस्